७ श्रावण २०८३, बिहिबार | July 23, 2026

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा


४ भदौ २०८२, बुधबार  

78
Shares

कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउँछन् । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन् ।

नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूरा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।

शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाउनुभएको छ । उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन्। मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गर्नुभएको छ । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । तर मादल बनाउदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उनले भने।

मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्नुहुने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन्। “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुनेगरेको छ ।

सात जनाको परिवार यसैले पालेको छु”, एउटा मादल तीन हजार देखि १५ हजार रुपियाँ सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आउनुभएका तीर्थले भने । स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उनले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाए ।

हाल बल्चौरका कृष्ण बादी पनि मादल बनाउन व्यस्त छन् तीजमा मादलको माग अधिक हुने भएकोले उनलाई पनि कामको चटारो छ । एक दशकदेखि मादल बनाउँदै आएका उनी वार्षिक चार लाखसम्म आम्दानी हुने गरेको बताउँछन्।

बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उनले गरे । उनले आफ्नो पीडा सुनाउँदै भने, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।”

बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका –३ बल्चौरका रमेश बादीले बताए ।

लम्कीचुहा नगरपालिका– ३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : ३१ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट