२२ चैत्र २०८२, आइतबार | April 5, 2026

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा



झापा । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागुऔषध दुर्व्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागुपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र विर्तामोडमा छवटाका दरले पुनःस्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनःस्थापना केन्द्र रहेका छन् ।

विर्तामोडका पुनःस्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत् छन् । मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागुऔषध दुव्र्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए। समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुव्र्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनःस्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखे ।

“राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ”, विगत १३ वर्षदेखि पुनःस्थापना अभियानमा सक्रिय लुइँटेलले भने, “सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।”

पुनःस्थापना केन्द्रहरूले तीनमहिने र छमहिने कोर्स पूरा गर्नेगरी दुव्र्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुव्र्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनःस्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताए ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १२ : २० बजे

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै