६ श्रावण २०८३, बुधबार | July 23, 2026

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित



काठमाडौं । नेपालको अग्रणी बैंक नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।

नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ ।

नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ । नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकका यिनै कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो ।

युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैंकलाई सम्मान गरेको जनाइएको छ । नविल बैंक यसअघि सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ७ : २१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क