काठमाडौं । नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय पुगेकी छिन् ।
थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उदघाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उदघाटन गरेकी छन् ।
मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय सञ्चालनमा ल्याइएको हो । बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय आजबाट औपचारिकरुपमा सञ्चालनमा आएको हो ।
उदघाटनसभामा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् ।
आफु राजनीतिक दलसँग आबद्ध भएर, राजनीति सुरु गर्दा नेकपा एमाले भन्ने पार्टी नजन्मिसकेको उल्लेख गर्दै भण्डारीले भनिन्, ‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो । हामी त्यसको सम्पर्कमा थियौं । विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो । त्यो हुँदै माले भयो । माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमा गरेका थियौं ।’
उनले अहिले एमालेले के न हो भन्ने परिरहेको भन्दै ब्राण्डजस्तै बनाउन खोजिएको पनि बताइन् । माले र मार्क्सवादीको बीचमा एकता भएको हुनाले एकीकृत मार्क्सवादी लेनिनवादी (एमाले) बनेको भण्डारीको भनाइ छ ।
‘अहिले एमाले भनेको एउटा ब्रान्डजस्तो भएको छ । खासमा नेकपा हो । नेपाल कम्युनिस्ट पार्टी ।’ उनले भनिन् ।


















प्रतिक्रिया