१३ माघ २०८२, मंगलबार | January 27, 2026

रुपन्देहीमा एक करोड ७१ लाखको अवैध सामान बरामद



बुटवल । रुपन्देही प्रहरीले राजस्व छलिको रु एक करोड ७१ लाखको अवैध सामान बरामद गरेको छ । प्रहरीले राजस्व छलिको सामानसहित जीप चालकलाई नियन्त्रणमा लिएको छ ।

बिलबिजक विनाका सामान ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवारबाट राजस्व छलिको सामानसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरि बनियाँले चलाएको लु२च ६३०३ नम्बरको जीपमा जाँच गर्दा विना बिलबिजकका सामान फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । बरामद गरिएका सामानमा विभिन्न कम्पनीका फ्लेबर २७ कार्टुन, लाखौँ मूल्यको ई–भेप तथा अन्य सामान रहेको छ ।

चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १० : ५९ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई