१० माघ २०८२, शनिबार | January 25, 2026

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरु स्कुलबस चढेर प्रदर्शनमा



नेपालगन्ज । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा निजी बिद्यालय संचालकहरुले नेपालगन्जमा स्कुलबस सहित शक्ति प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनरत निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले शुक्रबार नेपालगन्जको सडकमा एक साथ स्कुल बस उतारेर शक्ति प्रदर्शन गरेका हुन् ।

प्याब्सनको केन्द्रीय कार्यक्रम अन्तर्गत देशभर मुख्य सडक र चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने कार्यक्रम नेपालगन्जमा पनि स्कुल बस सडकमा उतारेर विरोध जनाइएको ब्याब्सन बाँकेले जनाएको छ । नेपालगन्जको वीपी चोकमा ब्याब्सन अन्तर्गतका बिद्यालयहरुका स्कुल बस उतारेर नगर परिक्रमा गराइएको प्याब्सन बाँकेका कोषाध्यक्ष प्रबिण गिरीले बताए । गिरीका अनुसार एक सय बढी स्कुल बस वीपी चोकमा जम्मा भएर राँझा चोक पुगी ट्राफिक चोक पुगेर समापन गरिएको थियो ।

सरकारले ल्याएको शिक्षा सम्बन्धि प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने’ वाक्यांश हटाउनुपर्ने मुख्य माग राखेर प्याब्सन अन्तर्गतका बिद्यालय संचालकहरु बिरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ३९ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा