१६ बैशाख २०८३, बुधबार | April 30, 2026

बाँके प्याब्सनले मनायो ३४ औं स्थापना दिवस



खजुरा । संस्थागत बिद्यालयहरुको संगठन बाँके प्याब्सनले आफ्नो स्थापनाको ३४ औं स्थापना दिवस बिबिध कार्यक्रमहरु गरेर मनाएको छ । बाँकेको खजुरामा आयोजित स्थापना दिवसको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले उदघाटन गरे ।

स्थापना दिवस समारोहको उदघाटन गर्दै मन्त्री तिमिल्सेनाले राजश्व आम्दानीको स्रोत रेमिट्यान्स र संस्थागत बिद्यालय भएपनि राज्यले संस्थागत विद्यालयलाई राहत प्रदान गर्न नसकेको बताए । उनले मुलुकको २९ प्रतिशत बढी नागरिक बिद्यालयको पहुच बाहिर रहेको उल्लेख गर्दै लुम्बिनीमा ३१ प्रतिशत नागरिक बिद्यालयको पहुच बाहिर रहेको जनाए । नागरिकलाई विद्यालयको पहुँचमा ल्याउन संस्थागत विद्यालयले पनि पहल गर्न उनले आग्रह गरे ।

मन्त्री तिमिल्सेनाले लुम्बिनीलाई शिक्षाको नमुना बनाउन प्याब्सनको भूमिका हुनुपर्ने बताए। एसईईको रिजल्टले नकारात्मक सन्देश दिएको जनाउँदै उनले त्यस्लाई सुधार गर्न सबैको प्रयास जरुरी रहेको बताए । उनले संस्थागत विद्यालयहरुले शिक्षकलाई थोरै तलव लिएको टिप्पणी गर्दै थोरै तलव पाएका शिक्षकबाट पनि शिक्षामा राम्रो नतिजा ल्याउने गरेको बताए । ‘संस्थागतमा थोरै तलव खाएका शिक्षकबाट राम्रो नतिजा आउँदा सामुदायिक विद्यालयमा सरकारी दरको उच्च तलव खाएर किन राम्रो नतिजा आउँदैन ?’ मन्त्री तिमिल्सेनाले प्रश्न गरे ।

उनले लुम्बिनी प्राबिधिक बिद्यालय सफल बनाउन प्याब्सन आवद्ध बिद्यालयलाई आग्रह पनि गरे।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले प्याब्सनले स्थापना दिवसका लागि खजुरालाई छानेकोमा धन्यवाद दिए । उनले आफ्नो आग्रहमा मन्त्री तिमिल्सेनाले खजुरामा आएर गुन लगाएको उल्लेख गर्दै खजुरालाई शिक्षाको हव बनाउन सबैले हातेमालो गर्नु पर्ने बताए ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संस्थागत बिद्यालयहरुलाई नपढाएको अवधिको शुल्क असुल्ने र शिक्षकहरुको श्रम शोषण गर्ने आरोप लाग्ने गरेको बताउँदै त्यस आरोपलाई संचालकहरुले खण्डन गर्न सक्नु पर्ने बताए ।

खजुरा गाउँपालिकाका शिक्षा शाखा प्रमुखले शैक्षिक स्तर बृद्धिका लागि स्थानीय सरकारसँग ३०-७० लगानीमा साझेदारी गर्ने व्यवस्था रहेको जनाउँदै त्यसबाट फाइदा उठाउन प्याब्सन नेतृत्वलाई आग्रह गरे ।

कार्यक्रममा संस्थागत बिद्यालयको विकास र स्थायित्वमा उल्लेख्य भूमिका निभाएको भन्दै एन्जल्स स्कुलकी संचालिका बिना मल्ल, बुद्ध बोर्डिङ स्कुलकी लिला शाह र प्याब्सनका पूर्व अध्यक्ष यम रावतलाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा प्याब्सनमा आवद्ध १०१ बिद्यालयका उत्कृष्ठ एक एक जना शिक्षक र बिद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : ५३ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात