१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।

प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारीप्रति असन्तुष्टिसमेत जनाएको छ ।

प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट पुष्टि भएको बताएको छ। स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने मागसमेत गरेको छ ।

‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्न जरुरी रहेको छ’ विज्ञप्तिमा भनिएको छ । शिक्षालयका शिक्षक-कर्मचारीलाई कोरोना खोप दिन पनि प्याब्सनले माग गरेको छ ।

विज्ञप्ति:

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : १५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम