१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

प्रहरी महानिरीक्षकसहित प्रहरी उच्चअधिकारीबीच कार्यसम्पादन सम्झौता



काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाको उपस्थितिमा आज प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी कार्ययोजना–२०८० तथा आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा गरिएको छ ।

सोही अवसरमा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुख तथा प्रदेश प्रहरी कार्यालय प्रमुखहरू एवम् प्रतिनिधिबीच आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक थापा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुबीच सम्झौता भएको हो ।

यस्तै, प्रहरी महानिरीक्षक थापा र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङ, नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णहरि शर्मा, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसका साथै प्रहरी महानिरीक्षक थापा र नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा मनोजकुमार केसी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिबीच ‘भर्चुअल’ माध्यमबाट हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  १० : ४२ बजे

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा

काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको