१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताएकी छन् ।

आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले एमालेले आफूलाई दिएको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताइन् । एमालेले यही असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।

बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन् । उनले विगतको वाम आन्दोलनका क्रममा विभिन्न समस्या आए पनि आफ्नो राजनीतिक आस्था परिवर्तन नगरेको उल्लेख गर्दै पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखिन् ।

विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वामआन्दोलनमा असर परेको उल्लेख गर्दै उनले २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको बताइन् । “नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ ।” उनले भनिन् ।

पूर्वराष्ट्रपतिसमेत रहेकी नेता भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा जोड दिइन् । मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गर्दै उनले पार्टी, जिल्ला र राष्ट्रको आवश्यकतालाई ध्यानमा राखेर एकता कायम गर्नुपर्ने धारणा राखिन् ।

उनले एउटा निर्वाचनको परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने धारणा राखिन् । पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै भण्डारीले पुस्ताबीचको दूरी अन्त्य गरी सबै पुस्तालाई जोडेर अघि बढ्नुपर्ने बताइन् । शान्तिपूर्ण परिवर्तनका लागि लामो र निरन्तर यात्रा आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ०० बजे

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी,

नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ : वरिष्ठ नेता भण्डारी

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सम्मानित वरिष्ठ नेता

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

कांग्रेस सभापतिमा स्थानीय तहका प्रमुख निर्वाचित

नेपालगन्ज । नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं १ र २

सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण