१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा



काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको लामो समयपछि गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको देउवा समूह प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा उनी प्रवेश भएका हुन्।

देउवा कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्।

मनांगे पछिल्लो तीन चार महिनायता इतर समूहको राजनीतिमा क्रियाशील रहँदै आएका थिए । शेरबहादुर देउवा सिंगापुरबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा स्वागत गर्नेसम्मको सबै काम मनांगेले नै गरेका थिए । देउवाको स्वागतमा मोटरसाइकल जुलुस निकाल्ने योजना मनांगेले नै बनाएको नेता कार्यकर्ता बताउँछन् । 

मनांगे गत प्रदेश सभाको निर्वाचनमा मनाङबाट स्वतन्त्र विजयी भएका थिए । पछि उनी तत्कालीन एकीकृत समाजवादी प्रवेश गरेका थिए ।  

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ०० बजे

दीपक मनाङे देउवा कांग्रेस प्रवेश, मनाङमा अधिवेशन गर्ने जिम्मा

काठमाडौं । ज्यान मुद्दामा अदालतले तोकेको सजाय पूरा गरी निस्किएको

मध्यपहाडी लोकमार्गको कुश्मा-मालढुंगाखण्ड अवरुद्ध हुँदा बढ्यो सास्ती

पोखरा । बागलुङको गलकोट नगरपालिका-१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन