१ पुस २०८२, मंगलबार | December 16, 2025

ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद ईश्वरी न्यौपानेलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उमेदवार बनाउन सहमति गरेको हो।

यसअघि समितिको सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त स्थानमा न्यौपानेलाई पठाउने निर्णय गरिएको हो। आजै दिउँसो १ बजेदेखि सभापति चयनकालागि संसद सचिवालयले मनोनयन कार्यक्रम तोकेको छ।

न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारी सम्हालेकी थिइन्। अब कांग्रेसले उनको ठाउँमा खतिवडालाई पठाउने तयारी गरेको छ।

निजामती विधेयकमा समावेश गरिएको कुलिङ पिरियडको गडबडीबारे गठित छानबिन समितिले खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो । त्यसपछि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  १ : २० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा