१७ माघ २०८२, शनिबार | January 31, 2026

वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यहाँ देखिएको हैजाको सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबारसम्मका लागि बिदा दिइने बताए। त्यस अवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको उनले जानकारी दिए ।

महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाई विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न गराउन अनुरोध गरेको छ ।

यसअघि यहाँ आइतबार र सोमबार बिदा दिइएको थियो ।

प्रकाशित मिति : १० भदौ २०८२, मंगलबार  ६ : ०२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले