२८ चैत्र २०८२, शनिबार | April 11, 2026

अमेरिकी चर्चमा बन्दुकधारीको आक्रमणबाट दुई बालबालिकाको मृत्य, १७ जना घाइते



मिनियापोलिस । अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने उमेरका बालबालिकामाथि बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् ।

शहरका प्रहरी प्रमुख ब्रायन ओहाराले पत्रकार सम्मेलनमा आक्रमणकारीले चर्चमा गोली प्रहार गरेको पुष्टि गरेका छन । मिडवेस्टर्न राज्य मिनेसोटाको सबैभन्दा ठूलो शहर मिनियापोलिसको एक सम्बद्ध क्याथोलिक विद्यालयको छेउमा उक्त चर्च अवस्थित छ ।

“आठ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो”, ओहाराले भने, “१४ बालबालिकासहित १७ जना घाइते भएका छन् ।”

दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए । बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् । गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ ।

अनुसन्धानका लागि सङ्घीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताएका छन । पटेलले एक्समा लेखेका छन, “एफबीआईले क्याथोलिकहरूलाई लक्षित गरी घरेलु आतङ्कवाद र घृणाजन्य अपराधको रूपमा अनुसन्धान गरिरहेको छ ।

वेस्टम्यानले अनलाइनमा पोस्ट गरेको भिडियोमा केही पेज लामो आक्रमणको घोषणा र आक्रमणमा प्रयोग गरिएका हतियारको नाम र चित्र देखाइएको छ । यस आक्रमणको राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरैले निन्दा र दुःख व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले शोकको यस घडीमा ह्वाइट हाउसमा अमेरिकी झण्डालाई आधा झुकाउन निर्देशन दिएका छन ।

क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी पोप लियो चौधौंले यस घटनाबाट आफू निकै मर्माहत भएको बताएका छन । हेनेपिन काउन्टी मेडिकल सेन्टरमा छ देखि १४ वर्ष उमेर समूहका दुई वयस्क र नौ जना बालबालिकाको उपचार भइरहेको र कम्तीमा चार जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

“मिनेसोटा हृदयविदारक छ,“ गभर्नर टिम वाल्जले एक्समा लेखेका छन । “जवाफ दिने अधिकारीहरू, पादरीहरू र शिक्षकहरूले सान्त्वना दिनेदेखि, अस्पतालका कर्मचारीहरूले जीवन बचाउने सम्म, हामी एकसाथ मिलेर यो अवस्थाबाट पार पाउनेछौं”, उनले भने, “आफ्ना सन्तानलाई प्यार गरौँ । सावधानीपूर्वक रेखदेख गरौँ।”

प्रहरी घेराबाहिरको भिडियो फुटेजमा आत्तिएका अभिभावकहरू हरियो पोलो सर्टको विद्यालय पहिरनमा सजिएका आफ्ना साना केटाकेटीहरूलाई लिएर भागिरहेको देखिन्छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  २ : १९ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र