३१ श्रावण २०८३, आइतबार | August 16, 2026

नेपाल ‘ए’ र आसामबीच दोस्रो टी-२० प्रतिस्पर्धा आज



काठमाडौं । पहिलो खेलमा पराजित भएको नेपाल ‘ए’ क्रिकेट टोलीले भारत भ्रमणअन्तर्गत आज दोस्रो प्रतिस्पर्धामा आसाम प्रदेश क्रिकेट संघसँग खेल्दैछ ।

अनिलकुमार शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ टिमले भारतको गुवाहटीमा बिहान ११ बजे आसाम प्रदेश क्रिकेट टिमसँग दोस्रो टी-२० खेल खेलेर श्रृंखलामा पुनः फर्कने प्रयास गर्नेछ ।

यसअघि बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ-लुइस (डिएल) प्रणालीका आधारमा १५ रनले पराजित भएको थियो। एक सय ९१ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा वर्षाले खेल रोकिँदा नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन बनाएको थियो । खेल पुनः सम्भव नभएपछि आसाम विजयी भएको हो ।

पाँच खेलको श्रृंखलामा १–० ले पछि परेको नेपाल ‘ए’ ले अब चार खेल खेल्न बाँकी छ। शनिबार, आइतबार र सोमबार नेपालले लगातार खेल खेल्ने कार्यक्रम छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भारत भ्रमण नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अनुभव बटुल्ने अवसर हुनेछ। साथै, राष्ट्रिय टोलीमा प्रवेश गर्ने लक्ष्यका साथ युवा खेलाडीहरूलाई आफूलाई प्रमाणित गर्ने उत्कृष्ट प्लेटफर्म हुने अपेक्षा गरिएको छ ।

नेपाल ‘ए’ टोली

कप्तान अनिलकुमार शाहसहित अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल समावेश छन् ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ७ : ४४ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण