२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

पहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध



गुल्मी । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, बाढीका कारण गुल्मीको रिडी-वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका-६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए । लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए ।

उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए । सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ८ : ४६ बजे

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका

नेप्सेमा दोस्रो पटक पनि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट

नेप्सेमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं । प्रतिनिधिसभा सदश्य निर्वाचनपछि पहिलो दिन खुलेको नेपाल स्टक

धनुषा-१ को परिणाम घोषणा ढिलाइप्रति नेकपाको असन्तुष्टि, विजयी उम्मेदवारलाई प्रमाणपत्र दिन माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगले धनुषा निर्वाचन

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको