६ पुस २०८२, आइतबार | December 21, 2025

भ्रष्टाचार प्रकरणमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवसहित परिवारविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार यादवले करिब तीन दशकदेखि निमित्त कार्यालय प्रमुखको हैसियतमा राजनीतिक तथा विभागीय प्रभाव प्रयोग गर्दै सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने, प्लट मिलान गर्ने नाममा आर्थिक चलखेल गर्ने लगायतका गैरकानूनी कार्यमार्फत अकुत सम्पत्ति आर्जन गरेका छन् ।

अनुसन्धानबाट २०५३ सालदेखि २०८१ सालसम्मको अवधिमा यादवले वैध रूपमा जम्मा ९ करोड ३ लाख रुपैयाँ मात्र आय देखाए पनि सोही अवधिमा करिब १४ करोड ८३ लाख रुपैयाँ बराबरको खर्च र लगानी गरेको पाइएको छ । यसरी आय-व्ययबीच ५ करोड ७९ लाख ६२ हजार रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति फेला परेपछि बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यादवले सम्पत्ति विवरण पेस गर्दा वास्तविक सम्पत्ति लुकाएर झुठा विवरण दिएको प्रमाणसमेत फेला परेको आयोगको दाबी छ । साथै, उनले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी गायत्री यादव र छोराहरू सुधान्सु यादव तथा शुभम यादवका नाममा समेत खरिद गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ ।

आयोगले यादव र उनका परिवारलाई प्रतिवादी बनाई सम्पत्ति जफत गर्नुपर्ने मागसहित भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना सजायसमेत निर्धारण गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ५ : २२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको