२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री पौडेल



लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन ।

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे । “बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ”, पौडेलले भने, “यसबाट म निकै खुसी छु ।”

उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई÷चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले उपप्रधानमन्त्री पौडेलसमक्ष मर्चवार क्षेत्रमा चार लेनको चक्रपथ निर्माण गर्न आग्रह गरे ।

पूर्वअध्यक्ष शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा नेताहरूले एमालेमात्र देश विकासको प्रमुख आधार हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए ।

एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई-मधेसको समृद्धि एमालेकै नेतृत्व सम्भव रहेको बताए । रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार मानिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक-सांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो । डेढ लाख जनसङ्ख्या ओगट्ने मर्चवारमा अहिले पनि धेरै घरमा शौचालय छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए ।

पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ । पार्टी प्रवेशमा देखिएको उत्साहलाई उनीहरूले आफ्नो रणनीतिक आधार मानेका छन् । यसका लागि आधारभूत पूर्वाधार निर्माणका लागि ठूलो लगानी आवश्यक पर्छ ।

कृषि आधुनिकीकरणका लागि पर्याप्त सिँचाइ, भण्डारण र बजार व्यवस्थापन गर्नुपर्नेछ । यी चुनौती पार गरेरमात्र एमालेले मर्चवारलाई समृद्ध बनाउने गरी दिएको आश्वासन पूरा गर्न सक्नेछ ।

मर्चवारका जनताले लामो समयसम्मको उपेक्षापछि देखिएको यसप्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन् । एमाले नेतृत्वले प्रतिबद्धता पूरा गर्नसकेमा मर्चवार तराई-मधेसको मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै समृद्धिको नक्सामा चम्किनसक्ने सम्भावना बलियो छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ५ : २० बजे

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, केपी ओली २५ हजारभन्दा बढी मतले पछि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर

चितवन-२ मा रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका