१ पुस २०८२, मंगलबार | December 16, 2025

अध्यक्ष प्रचण्डले खोजे बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत



नेपालगन्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् । ुबेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसु का सन्दर्भमा अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले विस्तृत शान्ति सम्झौताको दफा ५.२.५, नेपालको अन्तरिम संविधान(२०६३ को धारा ३३ र संविधानको धारा ३०४(२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता योद्धाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपाल’ लाई बेपत्ता योद्धाहरूको खोजीलगायत आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछु।’

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ८ : ५१ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच