काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदी जलाधार क्षेत्रमा आइतबार (भदौ १५) बिहानदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ६ घण्टादेखि लगातार पानी परेको विभागको विवरणमा उल्लेख छ ।
वर्षासँगै मेलम्ची, इन्द्रावती तथा तिनका सहायक खोलामा बाढी आउन सक्ने उच्च सम्भावना रहेको विभागले चेतावनी दिएको छ । त्यस्तै भिरालो भू-भागमा पहिरोको जोखिम बढेकाले स्थानियलाई सतर्क रहन आग्रह गरिएको छ ।
“भदौ १५ गते बिहान ६ः४५ बजेको अवस्थाअनुसार मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घण्टादेखि अविरल वर्षा भइरहेको छ । यस कारण खोलानाला तथा नदीमा बाढीको जोखिम र भिरालो जमिनमा पहिरोको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध छ,” विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।



















प्रतिक्रिया