७ आश्विन २०८३, बुधबार | September 23, 2026

मेलम्ची-इन्द्रावती क्षेत्रमा ६ घण्टादेखि अविरल वर्षा, बाढी र पहिरोको जोखिम



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची र इन्द्रावती नदी जलाधार क्षेत्रमा आइतबार (भदौ १५) बिहानदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ६ घण्टादेखि लगातार पानी परेको विभागको विवरणमा उल्लेख छ ।

वर्षासँगै मेलम्ची, इन्द्रावती तथा तिनका सहायक खोलामा बाढी आउन सक्ने उच्च सम्भावना रहेको विभागले चेतावनी दिएको छ । त्यस्तै भिरालो भू-भागमा पहिरोको जोखिम बढेकाले स्थानियलाई सतर्क रहन आग्रह गरिएको छ ।

“भदौ १५ गते बिहान ६ः४५ बजेको अवस्थाअनुसार मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घण्टादेखि अविरल वर्षा भइरहेको छ । यस कारण खोलानाला तथा नदीमा बाढीको जोखिम र भिरालो जमिनमा पहिरोको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध छ,” विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ७ : ३४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज