२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवलमा अत्तवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले आज एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । उपमहानगरपालिकाले बड्का अत्तवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै नगरभित्रका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थासमेत बन्द हुने जानकारी गराएको छ । नगरप्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरिएको सूचनामा पर्वको अवसरलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

अत्तवारी पर्व स्थानीय समुदायले धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक मान्यतासहित मनाउने गरेको महत्वपूर्ण चाड हो । यस दिन विशेष पूजा–अर्चना, मेलापात तथा विभिन्न धार्मिक कार्यक्रम हुने भएकाले बुटवल उपमहानगरपालिकाले नगरवासीलाई सहज वातावरण उपलब्ध गराउन सार्वजनिक बिदा दिएको हो ।

बिदासँगै बुटवल उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण कार्यालय, विद्यालय र स्वास्थ्य संस्था आज बन्द रहनेछन् ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ८ : ३२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले