१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देहीमा आज शोक बिदा



बुटवल । रुपन्देही जिल्लामा आज एक दिन शोक बिदा दिइएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको असामयिक निधनप्रति सम्मान व्यक्त गर्दै जिल्ला समन्वय समिति रुपन्देहीले शोक बिदाको घोषणा गरेको हो ।

जिल्ला समन्वय समितिका उपप्रमुख रामकृपाल धोवीद्वारा जारी सूचनामा आज जिल्लाभरिका सबै स्थानीय तहका कार्यालय, शैक्षिक संस्था, संघ-संस्था तथा गैरसरकारी कार्यालयहरूमा शोक बिदा दिने उल्लेख छ । साथै, दिवंगत नगर प्रमुखप्रति सम्मान स्वरूप सबै स्थानीय तह र शैक्षिक संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको छ ।

शनिबार बिहान हृदयघातका कारण नगर प्रमुख मुसलमानको निधन भएको थियो । लामो समयदेखि स्थानीय राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका मुसलमान लोकप्रिय जनप्रतिनिधिका रूपमा चिनिन्थे । उनको निधनले रुपन्देही मात्र नभई समग्र लुम्बिनी प्रदेश नै स्तब्ध भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ८ : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा