२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा यसअघि सम्पन्न स्थायी कमिटी बैठकमा भएको छलफलका आधारमा निर्णय गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार आगामी भदौ २१ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग जागरण अभियानसम्बन्धी बाँकी विषयमा टुंगो लगाइनेछ ।

यस्तै, हालै एकतामा आएका दलका नेता-कार्यकर्ताको कार्यविभाजनबारे पनि बैठकले निर्णय गर्नेछ । गत जेठमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह)बीच पार्टी एकता भएको थियो ।

बैठकमा पार्टीभित्र देखिएका अन्तरविरोध तथा समाधानका विषयमा समेत छलफल हुने बताइएको छ । यसअघि स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ८ : ३८ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू