२० श्रावण २०८३, बुधबार | August 5, 2026

सकियो सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको समयसीमा, अब के हुन्छ ?



काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स) लगायतका सामाजिक सञ्जाललाई सूचीकरण गर्न दिएको सात दिनको समय बुधबार मध्यरातिसम्ममा सकिएको छ । तोकिएको समयसीमा भित्र सूचीकरणका लागि निवेदन नआएपछि सरकारले ती सञ्जाललाई क्रमशः बन्द गर्ने तयारी गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बुधबार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको बताए । ठाकुरका अनुसार समयसीमा सकिएसँगै अब मन्त्रीस्तरीय निर्णयबाट सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई निष्क्रिय पार्ने प्रक्रिया सुरु हुनेछ । उनले भने, “सूचीकरण गर्नका लागि दिएको अवधि बुधबार मध्यरातिबाट सकिएको छ । अब निवेदन नदिएकाहरुलाई आज दिउँसोदेखि बन्द गर्ने कार्य सुरु हुन्छ । को-कसलाई कसरी बन्द गर्ने भन्नेबारे निर्णय मन्त्रीस्तरीय तहबाट हुनेछ ।”

नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । यस क्रममा टिकटक, भाइबर, निम्बुज, विटक र ओपोलाइट सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेका छन् । तर, फेसबुक, युट्युब, ट्वीटर (एक्स) र लिंक्डइनजस्ता सञ्जाल भने अझै सूचीकरणमा आएका छैनन् ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ९ : ०७ बजे

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल