२० श्रावण २०८३, बुधबार | August 5, 2026

हाम्रो पात्रोले सामाजिक सञ्जाल दर्ता प्रक्रिया पूरा गर्न दियो निवेदन, बन्द हुने सूचिबाट बाहिरियो



काठमाडौं । नेपालमै लोकप्रिय सामाजिक सञ्जाल र क्यालेन्डर सेवा प्रदायक हाम्रो पात्रोले नेपाल सरकारले अनिवार्य गरेको सामाजिक सञ्जाल दर्ता प्रक्रिया सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौडेलका अनुसार कम्पनीले औपचारिक रूपमा दर्ता गर्न निवेदन दिएको पुष्टि भएको छ ।

हालै सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका, २०८०’ लागू गर्दै नेपालमा सञ्चालनमा रहेका सबै प्लेटफर्मलाई दर्ता वा सूचीकरण हुन निर्देशन दिएको थियो । मन्त्रालयले गत भदौ १२ गते सूचना जारी गर्दै फेसबुक, युट्युब, ट्वीटर (एक्स), इन्स्टाग्राम, लिंक्डइनलगायत सबै कम्पनीलाई सात दिनभित्र दर्ता प्रक्रियामा सामेल हुन आह्वान गरेको थियो । तर तोकिएको समयसीमा सकिँदासम्म विश्वका ठूला सामाजिक सञ्जालहरूले प्रक्रिया सुरु नगरेपछि सरकारले क्रमशः निष्क्रिय गराउने निर्णय गरेको हो ।

तर, नेपाली उपभोक्ताबीच अत्यधिक लोकप्रिय ‘हाम्रो पात्रो’ले भने नेपाल सरकारसँग प्रत्यक्ष सम्पर्क गर्दै आवश्यक कागजात पेस गरेर दर्ता प्रक्रिया अगाडि बढाएको छ । यससँगै हाम्रो पात्रो बन्द हुने जोखिमबाट बच्ने भएको छ ।

हाम्रो पात्रोले लामो समयदेखि नेपाली प्रयोगकर्तालाई पात्रो, राशिफल, समाचार, रेडियो, डिजिटल रेमिट्यान्स, समुदाय निर्माणलगायतका सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय यसले सामाजिक सञ्जालको स्वरूपमा प्रयोगकर्तालाई आपसी संवाद, सामग्री आदान-प्रदान र नेटवर्किङ गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

सूचना अधिकारी पौडेलका अनुसार, सूचीकरण प्रक्रियामा सामेल हुने सामाजिक सञ्जाललाई नेपालमा सहज रूपमा सञ्चालन गर्न अनुमति दिइनेछ । यससँगै नेपालमा सञ्चालन हुने अन्य प्लेटफर्मलाई पनि छिट्टै दर्ता प्रक्रियामा सामेल हुन मन्त्रालयले आह्वान गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ६ : ५९ बजे

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं । सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल

त्रिविका पूर्व शिक्षाध्यक्ष प्राडा खड्ग केसी विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा त्रिभुवन