१० असार २०८३, बुधबार | June 24, 2026

सरकारको निर्देशन पालना गर्दै एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना



काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले सरकारको निर्देशनअनुसार आफ्नो मोबाइल डाटाबाट सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालन नहुने जनाएको छ ।

कम्पनीले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सरकारले रोक लगाउने निर्णय गरेका २६ वटा सामाजिक सञ्जाल अब एनसेलको नेटवर्कमार्फत प्रयोग गर्न नसकिने स्पष्ट पारिएको छ । यसबाट प्रयोगकर्ताहरूलाई असुविधा हुनसक्ने भन्दै कम्पनीले क्षमा मागेको छ ।

नेपाल सरकारले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय बनाउने निर्णय गरेपछि दूरसञ्चार सेवा प्रदायकहरूलाई कार्यान्वयन गर्न निर्देशन दिइएको थियो । सोही निर्देशनअनुसार एनसेलले आफ्नो सेवामा प्रत्यक्ष प्रभाव पर्ने जानकारी गराएको हो ।

सरकारको यो कदमप्रति प्रयोगकर्ता र सरोकारवालाबीच समर्थन र आलोचना दुवै भइरहेको छ । केहीले अनियन्त्रित सामाजिक सञ्जाल नियमन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै विरोध जनाएका छन् ।

सूचीकृत भएर दर्ता प्रक्रिया पूरा गर्ने प्लेटफर्महरू भने पुनःसञ्चालनमा आउने व्यवस्था सरकारले गरेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ७ : २५ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया