काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको आजको निर्णयप्रति नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चर्को असन्तुष्टी जनाएका छन्।
कोइरालाले सामाजिक सञ्जालमार्फत नै प्रतिक्रिया दिँदै अदालतको आदेशको बहानामा सरकारले जनचाहना र आफ्नै प्रतिबद्धता विपरीत कदम चालेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।”
उनले यस निर्णयका कारण थुप्रै नेपालीको रोजिरोटी समेत प्रभावित हुने भन्दै सरकारसँग तत्काल कदम सच्याउन आग्रह गरेका छन्। कोइरालाले सामाजिक सञ्जाललाई बन्द गर्ने हैन, मर्यादित र प्रभावकारी नियमनमार्फत सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।


















प्रतिक्रिया