२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

चल्नछाडे फेसबुक लगायतका सामाजिक सञ्जाल, निष्क्रिय गराइएको टेलिकमको सूचना



काठमाडौँ । नेपालमा साँझबाट सामाजिक सञ्जाल फेसबुक लगायतका साइतहरु चल्न छाडेका छन् । नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जालहरूलाई बन्द गरिएको जानकारी दिएको छ । टेलिकमले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

बिहीबारमात्रै सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । निर्देशन आए लगत्तै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन गरेको थियो ।

प्राधिकरणको निर्देशनको केही घण्टा पछि नेपालमा फेसबुक लगायतका सञ्जालहरु नचल्न थालेका छन् । आज टेलिकमले सूचना जारी गर्दै दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो । यसअघि एनसेलले पनि दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको सूचना जारी गरिसकेको छ ।

यो समाचार तयार पार्दासम्म फेसबुक बन्द भइसकेको छ भने ह्वाटसएप, यूट्युव र इन्टाग्राम चलिरहेका छन् । यद्देपी टेलिकमले दर्ता नभएका सबै सामाजिक सञ्जाल निष्क्रिय हुने जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १० : १३ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण