७ आश्विन २०८३, बुधबार | September 23, 2026

बागलुङका किसानले गराए ७०५ पशुको बिमा



बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार गरी जम्मा २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध संकलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ८ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११