१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागलुङका किसानले गराए ७०५ पशुको बिमा



बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बिमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कृषकबाट बिमा प्रिमियमबापत गत वर्षमा चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत १९ लाख ३८ हजार गरी जम्मा २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ । चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार संकलन भएको उनले बताए ।

सङ्घले २४ वर्षदेखि १५ दुग्ध संकलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध संकलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ८ : ३० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा