३२ असार २०८३, बिहिबार | July 16, 2026

एमालेको विधान महाधिवेशन सुरु हुनुअघि सनराइज सभाहलमा चहलपहल तीब्र



ललितपुर। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको लागि गोदावरीस्थित सनराइज सभाहलमा अहिले उद्घाटन पूर्वको चहलपहल तीब्र बनेको छ।

गोदावरीको मुख्य सडकदेखि सभा हल प्रवेशद्वार हुँदै भित्र छिर्ने क्रममा प्रतिनिधि, पर्यवेक्षक र सर्वसाधारणलाई स्वयंसेवकले व्यवस्थित गर्दै छन्। उनीहरूको सवारी साधन पार्किङको व्यवस्था सडकछेउमै मिलाइएको छ।

स्वयंसेवक र प्राविधिकहरुको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ भने प्रतिनिधि र पर्यवेक्षकलाई गेटभित्र प्रवेश दिने प्रक्रिया अझै खुला गरिएको छैन। सञ्चारकर्मीका लागि हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ।

हलभित्र स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, आयोगका प्रमुख तथा प्रतिनिधिहरूका लागि प्रदेशअनुसार सिट व्यवस्थापन गरिएको छ। सरसफाइ, डिजिटल प्रणाली, प्राविधिक परीक्षण र सुरक्षा व्यवस्था धमाधम भइरहेको छ। यस कार्यको नेतृत्व उपमहासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले गरिरहेका छन्।

मञ्चमा १८ पदाधिकारीका लागि कुर्सी राखिएको छ। दुवैतिर पार्टी र राष्ट्रिय झण्डाले सजाइएको छ भने बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बिर टाँसिएका छन्। दायाँतिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन्। मञ्चको शीर्षभागमा ‘नेपाल कम्युनिस्ट पार्टी ९एमाले० दोस्रो विधान महाधिवेशन’ लेखिएको छ, जसको माथि सगरमाथाको प्रतीक र सूर्यभित्र हँसिया–हथौडा सहितको पार्टी लोगो सजिएको छ।

प्रत्यक्ष प्रशारणका लागि बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिएको छ भने हलको दायाँ–बायाँ ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’को नारा अंकित ठूलो डिजिटल बोर्ड टाँसिएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित हुने यस महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक गरी कुल २३४१ जनाको सहभागिता रहनेछ। स्वयंसेवक र सुरक्षा निकायसहित करिब ३५०० जनाका लागि खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ११ : २७ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना