६ श्रावण २०८३, बुधबार | July 22, 2026

चालु आर्थिक वर्षका लागि अवधी समाचार सेवाको सम्झौता



नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस) ले पहिलो पटक अवधी भाषामा सुरु गरेको समाचार सेवाको चालु आर्थिक वर्षका लागि नयाँ सम्झौता गरेको छ ।

राससले नेपालगन्ज उपमहानगरपालिका, बाँकेसँग आज सम्झौता गरेको हो । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शिलतप्रसाद महतो र उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत कृष्णप्रसाद जोशीले सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर गरे ।

सम्झौताअनुसार राससले हप्ताको छ दिन अवधी भाषामा समाचार सम्प्रेषण गर्नेछ । यसबाट अवधी भाषाका सञ्चारमाध्यम र भाषाभाषी लाभान्वित हुने विश्वास गरिएको छ ।

लुम्बिनी प्रदेशअन्र्तगतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरुको मातृभाषालाई संरक्षण र सम्वर्द्धन गर्न सो सेवा प्रभावकारी भएको छ ।

बाँके जिल्ला अवधी भाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत रासस अवधी समाचार सेवाले समुदायको सशक्तीकरण भएको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।

सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने उल्लेख गरे । राससका वरिष्ठ कार्यकारी व्यवस्थापक महतोले विगत दुई वर्षदेखि निरन्तर सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले गरेको सहयोगलाई धन्यवाद दिँदै अवधी समाचार सेवाले यस क्षेत्रका स्थानीय सञ्चारमाध्यमले बढी लाभ लिने विश्वास व्यक्त गरे ।

उनले राससले मातृभाषा (अवधी, मैथिली र नेपाल भाषा) को समाचार सेवा निःशुल्क रुपमा उपलब्ध गराएको बताए । चालु आर्थिक वर्षको पुस मसान्तसम्मका लागि सेवा नवीकरण गरी सम्झौता गरिएको नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास शाखा प्रमुख जोशीले बताए ।

नेपालगन्जबाट प्रकाशन हुने दिपज्वाला दैनिक पत्रिका, दैनिक खबरी पत्रिका, र पैरवी अनलाइनले राससको अवधी समाचार सेवा नियमित रुपमा प्रयोग गर्दै आएको अवधी समाचार सेवाका अनुवादक/सम्पादक राकेशकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : २० भदौ २०८२, शुक्रबार  ८ : ५९ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज