१५ माघ २०८२, बिहिबार | January 29, 2026

लुम्बिनीको नियमित सरसफाइ गर्न उपाध्यक्ष डा. लामा झाडु बोकेर सडकमा



लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी परिषरको नियमित सरसफाई अभियानको सुरुवात गरेका छन् । उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित झाडु लगाएर सरसफाइ अभियानको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र  सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।

उनले शनिबार लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको इ(रिक्सा मार्फत अवलोकन गरे । लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष डा. लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गरेको समेत जनाए ।

गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा कार्यालयको नियमित कामको फर्किएका हुन् ।

लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताए । उनले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ११ : ४४ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय