३ मंसिर २०८३, बिहिबार | November 19, 2026

भाद्र शुक्ल पूर्णिमा : इन्द्रदहमा मेला



काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरि नगरपालिका वडा नं १ मा रहेको इन्द्रदहमा मेला लागेको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन शनिबार वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार शनिबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

शनिबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन् । चन्द्रागिरि नगरपालिका-१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

दिवङ्गतहरू स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ७ : ३४ बजे

Your email address will not be published.

दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

बाँके ३। बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

म्याग्दी । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने

चितुवा र दुम्सीको आतङ्कले किसान हैरान

बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका-२ दमेकका किसान

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

नारायणगढ । दसैँ-तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा