१४ भदौ २०८३, आइतबार | August 31, 2026

लमजुङमा प्रचण्डले भेटे शहीद परिवार



लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लमजुङ भ्रमणका क्रममा शहीद परिवारसँग भेटघाट गरेका छन् ।

मध्यपहाडी लोकमार्ग अभियानको क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका हुन्। उनले भट्टराईको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।

त्यसक्रममा प्रचण्डसँग स्थानीय बासिन्दाको सहभागिता भएको थियो भने ठाउँ ठाउँमा स्थानीयले स्वागत पनि गरेका थिए ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ८ : ४६ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति