७ चैत्र २०८२, शनिबार | March 21, 2026

लुम्बिनी प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयबाट ४ करोड बढी राजश्व आम्दानी



दाङ । लुम्बिनी प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय मार्फत आव ०८१र८२ मा प्रदेश सरकारले ४ करोड बढी राजश्व आम्दानी गरेको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयबाट एक आवमा ४ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ राजश्व संकलन भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८१र०८२ मा सबैभन्दा बढी रुपन्देहीको घरेलु तथा साना उद्योग कार्यालयले राजश्व आम्दानी गरेको छ । सो कार्यालयले एक करोड २४ लाख ५३ हजार एक सय सात रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दोस्रो स्थानमा रहेको बाँकेको नेपालगन्ज स्थित घरेलु तथा साना उद्योग कार्यालयबाट ७३ लाख ४८ हजार सात सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरि नवलपरासी पश्चिममा ३१ लाख ८२ हजार सात सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको भने कपिलवस्तुमा ३६ लाख ५१ हजार पाँच सय ६० रुपैयाँ, दाङमा ६६ लाख ४९ हजार छ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसै गरी बर्दियामा ४२ लाख ४३ हजार ३० रुपैयाँ ,पाल्पामा १९ लाख ३८ हजार एक सय ६२, गुल्मीमा १८ लाख ८६ हजार एक सय ७५ रुपैयाँ, अर्घाखाँचीमा ६ लाख ९३ हजार चार सय ७७ रुपैयाँ, प्युठानमा ११ लाख ४५ हजार एक सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

रोल्पा जिल्लामा १६ लाख ५६ हजार दुई सय ६५ रुपैयाँ,रुकुम पूर्वमा सबैभन्दा कम तीन लाख ५३ हजार आठ सय ९५ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ५ : ०६ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा