१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी प्रदेशका घरेलु तथा साना उद्योग कार्यालयबाट ४ करोड बढी राजश्व आम्दानी



दाङ । लुम्बिनी प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय मार्फत आव ०८१र८२ मा प्रदेश सरकारले ४ करोड बढी राजश्व आम्दानी गरेको छ । प्रदेशका १२ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयबाट एक आवमा ४ करोड १० लाख ४९ हजार तीन सय आठ रुपैयाँ राजश्व संकलन भएको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आर्थिक बर्ष २०८१र०८२ मा सबैभन्दा बढी रुपन्देहीको घरेलु तथा साना उद्योग कार्यालयले राजश्व आम्दानी गरेको छ । सो कार्यालयले एक करोड २४ लाख ५३ हजार एक सय सात रुपैयाँ राजस्व सङ्कलन गरेको छ । दोस्रो स्थानमा रहेको बाँकेको नेपालगन्ज स्थित घरेलु तथा साना उद्योग कार्यालयबाट ७३ लाख ४८ हजार सात सय ७५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ । त्यसैगरि नवलपरासी पश्चिममा ३१ लाख ८२ हजार सात सय ४५ रुपैयाँ राजस्व सङ्कलन भएको भने कपिलवस्तुमा ३६ लाख ५१ हजार पाँच सय ६० रुपैयाँ, दाङमा ६६ लाख ४९ हजार छ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यसै गरी बर्दियामा ४२ लाख ४३ हजार ३० रुपैयाँ ,पाल्पामा १९ लाख ३८ हजार एक सय ६२, गुल्मीमा १८ लाख ८६ हजार एक सय ७५ रुपैयाँ, अर्घाखाँचीमा ६ लाख ९३ हजार चार सय ७७ रुपैयाँ, प्युठानमा ११ लाख ४५ हजार एक सय ४० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

रोल्पा जिल्लामा १६ लाख ५६ हजार दुई सय ६५ रुपैयाँ,रुकुम पूर्वमा सबैभन्दा कम तीन लाख ५३ हजार आठ सय ९५ रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ५ : ०६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा