१४ भदौ २०८३, आइतबार | August 30, 2026

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध माइतीघरमा ‘जेनजी’को प्रदर्शन (तस्वीरसहित)



काठमाडौं । राजधानीको माइतीघर मण्डलामा जेनजी पुस्ताले विरोध प्रदर्शन सुरु गरेका छन्।

सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमै सक्रिय जेनजी पुस्ता विरोध प्रदर्शनमा उत्रिएको हो । उनीहरुले भ्रष्टाचार, नातावाद, कृपावाद र युवाको पलायनलगायत कारणप्रति तिब्र असन्तोष प्रकट गरेका छन् ।

सोमबार बिहानैदेखि माइतीघर मण्डलामा भेला भएका हुन्। कलेजको ड्रेस, किताब र स्कुल पोशाकमै आएका युवाहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘कता हिँडेको ट्याक्स लुटेर रु’ जस्ता नारा प्रदर्शनस्थलमा गुन्जिएका छन्।

१९९७ देखि २०१२ सम्म जन्मेका युवालाई ‘जेनजी’ पुस्ता भनिन्छ। डिजिटल नेटिभ्स मानिने यही पुस्ता सामाजिक सञ्जाल बन्दको निर्णयबाट सबैभन्दा बढी प्रभावित भएको छ।

औपचारिक विरोध कार्यक्रम बिहान ११ बजे सुरु गर्ने तय भए पनि युवाहरु बिहान ९ बजेदेखि नै उपस्थित भएर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : ३१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति