२४ मंसिर २०८२, बुधबार | December 10, 2025

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध माइतीघरमा ‘जेनजी’को प्रदर्शन (तस्वीरसहित)



काठमाडौं । राजधानीको माइतीघर मण्डलामा जेनजी पुस्ताले विरोध प्रदर्शन सुरु गरेका छन्।

सरकारले भदौ १९ गतेदेखि २६ वटा सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमै सक्रिय जेनजी पुस्ता विरोध प्रदर्शनमा उत्रिएको हो । उनीहरुले भ्रष्टाचार, नातावाद, कृपावाद र युवाको पलायनलगायत कारणप्रति तिब्र असन्तोष प्रकट गरेका छन् ।

सोमबार बिहानैदेखि माइतीघर मण्डलामा भेला भएका हुन्। कलेजको ड्रेस, किताब र स्कुल पोशाकमै आएका युवाहरुले विभिन्न नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, ‘स्टप करप्सन’, ‘कता हिँडेको ट्याक्स लुटेर रु’ जस्ता नारा प्रदर्शनस्थलमा गुन्जिएका छन्।

१९९७ देखि २०१२ सम्म जन्मेका युवालाई ‘जेनजी’ पुस्ता भनिन्छ। डिजिटल नेटिभ्स मानिने यही पुस्ता सामाजिक सञ्जाल बन्दको निर्णयबाट सबैभन्दा बढी प्रभावित भएको छ।

औपचारिक विरोध कार्यक्रम बिहान ११ बजे सुरु गर्ने तय भए पनि युवाहरु बिहान ९ बजेदेखि नै उपस्थित भएर प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : ३१ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय