२० माघ २०८२, मंगलबार | February 4, 2026

मदिरा उत्पादक संघको अध्यक्षमा पुन: बाबरा निर्बिरोध



काठमाडौं । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो।

बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हालेपछि मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्वपूर्ण पहल गर्दै आएक बताइएको छ ।

उद्योगमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैधानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा उनले सक्रियता देखाएका थिए।

यसपटक पनि उनको निर्विरोध निर्वाचित हुनु, उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ उनीप्रतिको विश्वास, संगठित नेतृत्व क्षमता र सन्तुलित दृष्टिकोणको परिणामका रूपमा लिइएको छ।

संगठनका सदस्यहरू, सरोकारवाला निकाय र उद्योग जगतले उनलाई दोस्रो कार्यकालमा पनि पारदर्शी नेतृत्व, व्यवसायलाई कानुनी दायराभित्र सुदृढ बनाउने तथा उद्योगको योगदानलाई राष्ट्रिय अर्थतन्त्रमा अझ प्रभावकारी ढंगले देखाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : २९ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको