१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मदिरा उत्पादक संघको अध्यक्षमा पुन: बाबरा निर्बिरोध



काठमाडौं । नेपाल मदिरा उत्पादक संघको पाँचौँ अधिवेशनबाट उद्योगपति बैजु प्रसाद बाबरा दोस्रो कार्यकालका लागि केन्द्रीय अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। यसअघि पनि संघको अध्यक्ष रहिसकेका बाबरालाई पुनः विश्वासको मत दिंदै अधिवेशनले निरन्तरता दिएको हो।

बैजु प्रसाद बाबराले संघमा नेतृत्व सम्हालेपछि मदिरा उद्योगसँग सम्बन्धित कर नीति, सरकारी नियमन, उत्पादन र वितरण प्रणालीलाई व्यवस्थित गर्न महत्वपूर्ण पहल गर्दै आएक बताइएको छ ।

उद्योगमा देखिने अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, गुणस्तर सुनिश्चितता तथा वैधानिक उत्पादनलाई प्रोत्साहन गर्ने विषयमा उनले सक्रियता देखाएका थिए।

यसपटक पनि उनको निर्विरोध निर्वाचित हुनु, उद्योग क्षेत्रका प्रतिनिधिहरूमाझ उनीप्रतिको विश्वास, संगठित नेतृत्व क्षमता र सन्तुलित दृष्टिकोणको परिणामका रूपमा लिइएको छ।

संगठनका सदस्यहरू, सरोकारवाला निकाय र उद्योग जगतले उनलाई दोस्रो कार्यकालमा पनि पारदर्शी नेतृत्व, व्यवसायलाई कानुनी दायराभित्र सुदृढ बनाउने तथा उद्योगको योगदानलाई राष्ट्रिय अर्थतन्त्रमा अझ प्रभावकारी ढंगले देखाउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : २९ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज