११ बैशाख २०८१, मंगलबार | April 24, 2024

घरेलु अवैध मदिराले मदिरा उद्योग धरासायी भयो : मदिरा उद्योगी



बुटवल । घरेलु अवैध मदिरा उत्पादनलाई नियमन गर्न नसक्दा मदिरा उद्योग धरासायी भएको मदिरा उद्योगीहरुले बताएका छन् ।

नेपाल मदिरा उत्पादक सघ नेपालको बुटवलमा भएको भेलामा उपस्थित उद्योगीहरुले अवैध मदिरा उत्पादनलाई निशेष वा करको दायरामा नल्याउदा सम्म मदिरा उद्योगले नाफा हासिल गर्न नसक्ने बताए ।

उनीहरुले मदिरा उद्योगलाई सरकारले कर असुल्ने निकायकारुपमा मात्र हेरेको गुनासो गर्दै अन्तशुल्क र कर बढाउंदै जाने तर कर नतिरी उत्पादन भएका घरेलु मदिरा नियन्त्रण नगर्ने गर्दा उद्योगहरु संकटमा परेको बताए ।

भेलामा बोल्दै नेपाल मदीरा उद्योग सघका केन्दीय महासचिब राजु गुरुडले पछील्लो समय मदीरा उद्योगहरु राज्यका गलत नीतिका कारण धराशायी हुदै गएको बताए ।

उनले बैधानीक उत्पादनमा अन्तशुल्क बढाउँदै जाने तर अवैध मदिरा उत्पादन नरोक्ने सरकारको नीतिका कारण उद्योग संचालन गर्ने नसक्ने अवस्थामा पुगेको बताए ।

लुम्बिनी प्रदेस मदिरा उत्पादन सँघका अध्यक्ष फुलसिह क्षेत्रीले नेपालमा सबै भन्दा धेरै राजश्व तिर्ने मदिरा उद्योगहरु रहेको बताउँदै तर राज्यको नीतिका कारण मदिरा उद्योगको बजार साँघुरिंदै गएको बताए । उद्योग खोल्दा लाग्ने लागत भन्दा राज्यलाई कर बढी तिर्दा पनि मदिरा उद्योगको राज्यले संरक्षण गर्न नसकेको गुनासो गरे ।

राज्यले बैधानिकरुपमा उत्पादन भएका मदिराहरुमा धेरै अन्तशुल्क लगाएर महगो बनाउदा अबैध मदिराले बजार ओगटेको भन्दै राज्यले यसलाई समयमा नियत्रण नगरे नेपालका धेरै मदिरा उद्योगहरु बन्द हुने ठोकुवा गरे ।

उद्योग बन्द हुँदा धेरै नेपालीको रोजगारी समेत गुम्ने उनीहरुको भनाई छ । भेलामा नेपालका करीब ८० मदिरा उद्योगका सन्चालकहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : १२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना