२४ मंसिर २०८२, बुधबार | December 10, 2025

देशका प्रमुख शहरहरुमा जेन जी प्रदर्शन, बुटवल, नेपालगन्जमा पनि प्रदर्शन सुरु



बुटवल । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र मुलुकमा ब्याप्त भ्रष्टाचारका विरुद्ध देशभर जेन जी उमेरका युवाहरु प्रदर्शनमा उत्रिएका छन् । बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि प्लेकार्ड र नारासहित सडकमा उत्रिएका उनीहरूले सरकार र नेतृत्वविरुद्ध आवाज उठाएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै “मलाई बोल्न दे सरकार”, “नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्” जस्ता नारा लगाएका थिए । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन अस्पताल लाई तर्फ बढ्दै छ । प्रदर्शनमा युवाहरु निरन्तर थपिँदै गएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकट सन्तोष गिरीसहितका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका थिए ।

उता नेपालगन्जमा पनि जेन जी उमेर समुहको प्रदर्शन सुरु भएको छ । स्थानीय बिपी चोकमा भेला भएका युवाहरु धम्बोझी चोक तर्फ अगाडि बढेका छन् । युवाहरुको प्रदर्शनमा उल्लेख्य उपस्थिती रहेको छ ।

सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको माइतीघरलगायत देशभरका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १० : ५४ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय