१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मुस्ताङको कोरला नाका पूर्ण रुपमा सञ्चालन



मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा आएको छ ।

आर्थिक वर्ष २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकलाई मात्रै बाह्रै महिना खुल्ला गरिएको यहाँको कोरला नाका आइतबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । यहाँको सो नाकालाई व्यापारिक मार्गका रुपमा विस्तार गर्न भन्सार विभागले विभागमा कार्यरत भन्सार अधिकृत रमेश खड्कालाई मुस्ताङ भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको छ ।

यसैगरी यहाँको भन्सार कार्यालयका लागि रसुवागढी नाकामा कार्यरत दुई नायब सुब्बा र एक कम्प्युटर अपरेटर गरी तीन जना जनशक्ति खटाइएको कार्यालय प्रमुख खड्काले बताए । यहाँ साबिक एक जना कम्प्युटर अपरेटर रहेको र कार्यालयको मुख्य काम गर्ने पाँच जनशक्ति भन्सार जाँचका लागि तयारी अवस्थामा रहेको भन्सार प्रमुख खड्काको भनाइ छ । कार्यालयमा विभागले खटाएका सबै कर्मचारी आइतबारदेखि हाजिर भइसकेको उनले जनाए ।

कोरला नाकाबाट चिनियाँ सामान आयात गर्न विभागले मुस्ताङ भन्सारलाई सक्रिय बनाउन थालेको छ । गत असारमा रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ सामान नेपाल ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई गतिशील बनाउने योजना अघि बढाएको हो ।

रसुवागढी नाका र तातोपानी नाकाको सडक अवरुद्ध छ । दुवै नाका बन्द भएपछि दसैँ र तिहारजस्ता महत्वपूर्ण चाडपर्वका लागि चाहिने चिनियाँ सामान आयातमा समस्या परेपछि आयातकर्ता व्यापारीहरुले अर्थ मन्त्रालय र भन्सार विभागमा सामान ल्याउने वातावरण बनाइदिन अनुरोध गरेका थिए ।

सोही आयातकर्ता व्यापारीहरुको अनुरोधलाई मध्यनजर गर्दै विभागले यहाँको मुस्ताङस्थित नेपाल–चीन कोरला नाकालाई औपचापरिक रुपमा व्यापारिक मार्गका रुपमा सञ्चालनमा ल्याएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख खड्काको भनाइ छ ।

रसुवागढी नाका र तातोपानी नाकामा बाढी पहिरोले समस्या आएपछि यहाँको कोरलानाका वैकल्पिक नाकाका रुपमा सञ्चालनमा ल्याउन खोजिएको भए पनि यहाँको नाकामा आयात निर्यातमा कुनै समस्या नपर्ने भन्सार कार्यालय प्रमुख खड्काले उल्लेख गरे ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : ४२ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज