काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी पुस्ताले सुरु गरेको प्रदर्शनका क्रममा भएको झडपमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एक उच्च अधिकारीका अनुसार राजधानीको ट्रमा सेन्टरमा मात्र पाँच जनाको मृत्यु भएको छ । गोली लागेर घाइते भएका उनीहरू उपचारका क्रममा निधन भएको हो ।
त्यसैगरी, सिभिल अस्पतालमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने देखिएको छ । घाइतेहरूको अवस्था गम्भीर भएकाले थप विवरण आउन बाँकी छ ।



















प्रतिक्रिया