९ चैत्र २०८२, सोमबार | March 23, 2026

जेनजी प्रदर्शनकारीद्वारा पूर्वगृहमन्त्री खाणको घर तोडफोड, बुटवलमा झडप जारी



बुटवल । जेन जी पुस्ताका युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको घर ताडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेन जी समुहले खाणको घरमा ढुँगामुढा गरेर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीको ढुँगामुढाबाट खाणको घरको मुल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

अहिलेपनि जिल्लाका बिभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । बुटवलको राजमार्ग चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्न केही थान अश्रुग्याँस प्रहार गरेको छ । बुटवलको मिलनचाकेमा पनि झडप भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।

बिहान ९ बजेबाट बुटवल राजमार्ग चौराहाबाट जेन जी पुस्ताको प्रदर्शन सुरु भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले आज अपराह्न ४ बजेदेखि राति १० बजेसम्म बुटवल र भैरहवाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जारी गरेको आदेश अनुसार तोकिएका क्षेत्रमा कुनै पनि प्रकारका भीड, जुलुस, प्रदर्शन, सभा, बैठक वा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ४ : २८ बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल