२२ मंसिर २०८२, सोमबार | December 8, 2025

जेनजीका माग सम्बोधन गर्न र स्थिति थप बिग्रिन नदिन सरकारसँग माओवादीको आग्रह



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताले उठाएका मागहरूलाई सम्बोधन गर्न र देशमा स्थिति थप बिग्रन नदिन सरकारसँग आग्रह गरेको छ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा भइरहेको जेन–जीको प्रदर्शनलाई मध्यनजर गर्दै माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको हो।

बैठकले हाल सञ्चालनमा रहेको जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ। साथै, यस विषयमा विस्तृत छलफलका लागि भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको बैठकपछि अध्यक्ष प्रचण्डको सचिवालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
छ।

जेन–जीको प्रदर्शनका क्रममा भएको दुर्भाग्यपूर्ण घटनाले पार्टीलाई स्तब्ध र गम्भीर बनाएको माओवादी केन्द्रले जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

त्यसैगरी, बैठकले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्ध उठाइएका मागलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ०२ बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण