७ पुस २०८२, सोमबार | December 22, 2025

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ



वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको अभियोगमा एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

भारतको झारखण्ड जिल्ला पाकुड मानपहाडी ग्राम पञ्चायतका २८ वर्षे प्रदीप शर्माले मादक पदार्थ सेवन गरी आज दिउँसो वीरगञ्ज महानगर-१६ स्थित भन्सारगेट नजिकै मुस्कान होटलमा कार्यरत भारतको बेतिया घर भई वीरगञ्जमा बसोबास गर्ने १८ वर्षीया निशाकुमारी सहनीलाई गोली प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सुरज कार्कीले होटलमा कार्यरत भारतीय महिलाको बाँया गालामा गोली प्रहार गर्ने शर्मालाई कर्कलोघारीमा लुकिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।

“महिलाको बायाँ गालामा गोली प्रहार गरी फरार भएका शर्मालाई सोही होटलको पूर्व-दक्षिणतर्फ करिब २०० मिटर टाढाको कर्कलोघारीमा लुकिरहेको अवस्थामा अभियुक्त शर्माको साथबाट लोड गरिएको एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा पठाइएको छ”, उनले भने ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ८ : ४१ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र