१७ माघ २०८२, शनिबार | January 31, 2026

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु



काठमाडौं । काठमाडौंको चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गर्दै काठमाडौंको चक्रपथभित्रको सबै भूभागमा बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गरेको हो।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा लागू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार कर्फ्यु अवधिमा अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार संस्था तथा कूटनीतिक नियोगका सवारी साधन, साथै हवाई टिकट देखाउने यात्रुको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

कर्फ्यु लागू क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन् ।

जेनजी युवाले हिजो आह्वान गरेको प्रदर्शनको क्रममा सरकारले निर्मम दमन गर्दै १९ युवाको हत्या र साढे चारसय बढीलाई घाइते बनाको थियो । त्यसविरुद्ध आज थप आन्दोलन हुने डरले प्रशासनले बिहानैबाट कर्फ्यू लगाएको हो ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ८ : ०६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक