२० श्रावण २०८३, बुधबार | August 5, 2026

फ्रान्स जाने सपना सहित काठमाडौंमा पढ्दै थिए नेपालगन्जका आयुष



नेपालगन्ज । बुढा बाजे बज्यै र आमा बाबुको सपना साकर पार्न फ्रान्स जाने तयारीमा काठमाडौंमा पढ्दै गरेका नेपालगन्ज धम्बोझीका आयुषको जेन जी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएपछि तीन पुस्ताको सपना चक्नाचुर बनेको छ ।

नेपालगन्ज धम्बोझी कै सुलभराज श्रेष्ठ र आयुष थापा भ्रष्टाचारका विरुद्धको जेन जी प्रदर्शनका क्रममा काठमाडोैको नयाँ बानेश्वर क्षेत्रमा पुगेका थिए । देशमा ब्याप्त भ्रष्टाचारको विरोध गर्दा ताकीताकी गोली हानिन्छ भन्ने थाहा नभएका उनीहरु सुशासन र पारदर्शी लोकतन्त्रका लागि सडकमा उत्रिएपनि उनीहरु अनाहकमा मारिएका छन् ।

दैलेखबाट बसाई सरेर नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीमा बसोबास गर्दै आएका आयुष घरपरिवारका तेस्रो पुस्ता हुन् । सुशिल थापाका एक्ला छोरा आयुषको एक मात्र बहिनीको अघिल्लो वर्षमात्र बिबाह भएको थियो । बाजेबज्यै र आमाबाबुको ममतामयी मायाबाट हुर्केका आयुषको ज्यान गएपछि नेपालगन्जको धम्बोझी थप शोकाकुल बनेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठ काठमाडौं स्थित ट्रमा सेन्टरमा पुगेपछि मात्र गोली लागेर मृत्यु भएका आयुष नेपालगन्जबासी भएको पहिचान खुलेको थियो । आयुषको भनिएको शव प्रत्यक्ष नहेर्दा सम्म मृत्यु भएको आयुष नै हुन् भनेर पत्याउन नसकिने भन्दै आयुषका बाबु सुशिल र आमा काठमाडौं गएका छन् ।

शव नहेर्दा सम्म बाजे बज्यैलाई समेत मृत्युको खबर नदिइएको आयुषका छिमेकी समेत रहेकी नेपालगन्ज उपमहानगरकी पूर्व उपप्रमुख उमा थापाले बताइन् । बाबु आमालाई समेत उपचार भइरहेको बताएर काठमाडौं पठाइएको उनले बताइन् ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  १० : २५ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन