७ आश्विन २०८३, बुधबार | September 23, 2026

जेनजी आन्दोलनको दोस्रो दिन काठमाडौं उपत्यकामा तनाव, प्रचण्ड निवासमा तोडफोड



काठमाडौं । उपत्यकामा जेनजी आन्दोलनको दोस्रो दिन अझ उग्र बनेको छ । कर्फ्यू जारी रहेपनि प्रदर्शनकारीहरू विभिन्न स्थानमा सडकमा उत्रिएका छन् र केही नेताका घर तथा निवासमा तोडफोड गरेका छन् ।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । उनीहरू गेट अगाडि उभिएर ढुंगामुढा गर्दै प्रदर्शन गरिरहेका छन् ।

जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन यसरी उग्र बन्दै गएपछि उपत्यकामा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । प्रहरीले घटनास्थलमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरेको छ ।

अधिकारकर्मीहरूले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने नागरिकहरूमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ११ : ०५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११